/*php the_title();*/?>

काठमाडौं। अर्थमन्त्रालयबाट डा. प्रकाशशरण महतले बहिरिए लगत्तै उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिका सबै पदाधिकारीले राजीनामा दिएका छन्।
तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले कर प्रणाली सुधार्न गर्न उच्चस्तरीय समिति बनाएर अघि बढेका थिए। समितिले महतलाई प्रारम्भिक प्रतिवेदन बुझाएपनि अन्तिम प्रतिवेदन भने बुझाएको थिएन । प्रारम्भिक प्रतिवेदनमाथि अर्थमन्त्रालय र मातहतका निकायले छलफल गरिरहेका थिए।
समितिका संयोजक तथा अर्थविद् विद्याधर मल्लिक, पूर्व सचिव लक्ष्मण अर्याल, त्रिभूवन विश्व विद्यालयका प्राध्यापक रामप्रसाद ज्ञवाली, पूर्व सहसचिव महेश बरालले संयुक्त रुपमा राजीनामा दिएका हुन ।
पुन मन्त्री भएलगत्तै समितिका सम्पूर्ण पदाधिकारीले राजीनामा दिएका हुन्। तर, आफू आउनासाथ विज्ञ टीमले राजीनामा दिएको सन्देश बाहिर जाने र त्यसले नकारात्मक वातावरण बनाउने भएकाले अर्थमन्त्री पुन आफैले होल्ड गरेका हुन्। उनले अनौपचारिक रुपमा टिमलाई काम गर्न भनेका छन्। अहिलेसम्म उनीहरुको राजीनामा स्वीकृत भएको छैन।
महतले विद्यमान कर प्रणाली सुधार आवश्यक रहेको र त्यसका लागि मल्लिक उपयुक्त पात्र छानेका थिए। महतले भदौ २९ मा पूर्वमन्त्री तथा अर्थसचिव मल्लिकको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समिति गठन गरेका थिए।
तत्कालीन अर्थमन्त्री महतलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा अर्थतन्त्रका तीन वटा क्षेत्र (ग्रिन इकोनमी, डिजिटल इकोनोमी र अनौपचारिक अर्थतन्त्र)बाट लाभ लिने उपाय देखाएको थियो।
चैत १५ सम्म कार्यादेश पाएको समितिले एक महिनाअघि सरकार परिर्वत भएर अर्थमन्त्री फेरिएपछि समितिका सम्पूर्ण सदस्यहरुले राजीनामा दिएका हुन ।
३० फाल्गुन २०८०, बुधबार ०२:१० 16