अविरल बर्षाका कारण २२४ को मृत्य, १७ अर्बको क्षेति

काठमाडौं । असोज १० देखि १२ सम्म निरन्तरको झरीले १७ अर्बको क्षति भएको सरकाले अनुमान गरेकोछ । बर्षाका कारण २२४ जनाले ज्यान गएको छ ।

प्रधानमन्त्री केपी शर्माले ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद् घटनामा भएको जनधनको क्षति विवरणबारे पत्रकारलाई जानकारी दिएका हुन् ।

मुख्यसचिव अर्यालका अनुसार हालैको झरीले २१ जिल्ला प्रभावित बनेको, २४ जना बेपत्ता, १५८ घाइते र ४ हजार ३३१ जनाको उद्धार गरिएको जानकारी दिएका छन् ।

बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी क्षति कृषि क्षेत्रमा भएको छ । कृषिमा ६ अर्ब बराबरको क्षति भएको सरकारी अनुमान छ । यस्तै, खानेपानी आयोजनामा ३ अर्ब ५५ करोड, सडकमा २ अर्ब ५२ करोड, ऊर्जामा ४ अर्ब, सिँचाइमा १ अर्ब क्षतिको प्रारम्भिक अनुमान गरिएको छ ।

अनुसार बाढीपहिरोबाट ३७ राजमार्ग अवरुद्ध भएकामा बुधबार ४ बजेसम्म ९ वटा सञ्चालन आएका छन् । ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

निरन्तरको झरीपछि आएको बाढीपहिरो प्रभावितको उद्धारका लागि ३० हजार ७ सय सुरक्षाकर्मी सहित हेलिकोप्टरसमेत प्रयोग गरिएको, राहत तथा उद्धारलाई तीव्रता दिने तयारी भइरहेको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले जानकारी दिए।

१५ आश्विन २०८१, मंगलवार १४:३६ 12