/*php the_title();*/?>

काठमाडौं । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा एक हजार ६०२ वटा विद्युतीय गाडी (ईभी) आयात भएका छन् । जुन गत आर्थिक बर्षको यही अवधिको तुलनामा १७८.३९ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्ष २०८१/८२ पहिलो दुई महिनामा १ हजार ६०२ युनिट ईभी (कार, जिप र भ्यान) आयात भएका छन् । गत आव यस अवधिमा ८ सय ९८ युनिट ईभी आयात भएका थिए ।
साउन महिनामा ३८१ र भदौमा १ हजार २२१ युनिट ईभी आयात भएको छ । गत आव साउनमा ११० र भदौमा ७८८ युनिट ईभी आयात भएको थियो । पछिल्ला बर्षहरुमा विद्युतीय सवारीको आयात निरंन्तर बढदै गएको छ । यो वर्ष नाडा अटो–शो उपभोक्ताको रोजाई पनि ईभी मै पर्ने गरेको थियो ।
नेपाली अटो बजारमा चिनीयाँ ईभीको बर्चोश्व देखिएको छ । १ हजार ६०२ वटा ईभी आयात हुँदा चीनबाट मात्रै १ हजार १२५ युनिट आयात भएका छन् । यस्तै भारतबाट ४७५ युनिट आयात भएको छ । नेपालमा ईभी अमेरिका, जर्मनबाट समेत आयात हुने गरेको छ ।

८ आश्विन २०८१, मंगलवार १५:३४ 17