ईभीमय बन्दै देश ८ महिनामा भित्रिए ६ हजार भन्दाबढी कार

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुन मसान्त (८ महिना सम्मको अवधिमा ६ हजार ४ सय ३५ वटा विद्युतीय कार आयात भएका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनामा ६ हजार ४ सय ३५ वटा विद्युतीय कारबाट १५ अर्ब ८१ करोड ९७ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ भने ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व आम्दानी भएको छ ।

५० किलोवाटसम्म चीनबाट ६ सय ६४, भारतबाट २ हजार ४८, इन्डोनेसियाबाट ३४ वटा गाडी आयात भएका छन् । ५१ देखि १ सय किलोवाटसम्म चीनबाट ३२ सय ६० वटा, भारतबाट ३ सय ३२, कोरियाबाट ३ वटा आयात भएको छ।

१०१ देखि २ सय किलोवाटसम्म चीनबाट २९, जर्मनीबाट ६, कोरियबाट ४० वटा विद्युतीय कार आयात भएको छ।

२०१ किलोवाटभन्दा माथिका चीनबाट १६, जर्मनीबाट १ वटा, अमेरिकाबाट २ वटा विद्युतीय कार आयात भएको हो।

हाल नेपाली बजारमा चीन र भारतबाट ठूलो संख्यामा विद्युतीय कार आयात भइरहेको छ। १ सय किलोवाटसम्मका विद्युतीय कारको आयात सबैभन्दा धेरै छ भने अमेरिका तथा जर्मनीबाट पनि नेपाली बजारमा विद्युतीय कार आयात भइरहेका छन्।

सरकारले आईसी इन्जिनयुक्त कारको तुलनामा विद्युतीय कारमा कर सहुलियत दिएकाले विद्युतीय कारको आयात तथा बिक्री बढ्दै गइरहेको छ।

७ चैत्र २०८०, बुधबार ०२:१३ 24