आईफोन १६ को प्रि–अर्डर खुला, कुन देशमा कती ?

काठमाडौं, भदौं ३० । यसै हप्ताको सुरुमा लन्च गरिएको एप्पल आईफोन १६ सिरिज अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, जापान, मलेसिया, मेक्सिको, दक्षिण कोरिया, टर्की, युएई, बेलायत र संयुक्त राज्य अमेरिका लगायत ५८ भन्दा बढी देशहरूमा प्रि–अर्डर खुला गरिएको छ ।

आईफोन १६ लाइनअपमा आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स समावेश रहेका छन् । सबै चार मोडेलहरू एप्पलको आधिकारिक वेबसाइटबाट प्रि–बुक गर्न सकिने छ भने सेप्टेम्बर २० तारिखदेखि बिक्री सुरु हुनेछ ।

त्यसैगरी सेप्टेम्बर २७ तारिखदेखि आईफोन १६ सिरिज मकाउ र भियतनाम सहित अन्य २१ देशहरूमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस्तो हुने छ यी बजारमा आईफोन १६ को मुल्य

३० भाद्र २०८१, आईतवार ०२:१४ 15