/*php the_title();*/?>

काठमाडौं-बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक वित्तीय संस्थाहरुले स्थायी निक्षेप सुविधा(एसडीएफ) मा १ खर्ब निक्षेप जम्मा गराएका छन्।राष्ट्र बैंकले एसडीएफमा ३ प्रतिशत ब्याज दिन्छ।
बैंकिङ प्रणालीमा करिब ७ खर्ब ३३ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम भएपनि कर्जाको माग नबढेपछि बैंक वित्तीय संस्थाहरुले एसडीएफमा निक्षेप राखेका हुन।
बैंक वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर घटेर ७ देखि ८ प्रतिशतको बीचमा आएपनि कर्जाको माग बढ्न सकेको छैन।
यद्यपी मंसिरयता भने बैंकिङ प्रणालीमा कर्जा प्रवाहमा सकारात्मक संकेतहरु देखा पर्न थालेको छन्। हाल कुल निक्षेप संकलन ६६ खर्ब ५४ अर्ब रुपैयाँ रहेकोमा कुल कर्जा प्रवाह ५३ खर्ब ४१ अर्ब रहेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष करिब ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ।
अर्थतन्त्रले अपेक्षित गति नलिएकाले राष्ट्र बैंकको लक्ष्य अनुसार कर्जा प्रवाह बढ्न सकेको छैन्। हाल बैंक वित्तीय संस्थाहरुको औषत कर्जा निक्षेप अनुपात ७८.९७ प्रतिशत रहेको छ। बैंकहरुको अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ।
ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत राखेर बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ।
राष्ट्र बैंकले एसडीएफको अलवा १४ दिने तथा २१ दिने निक्षेप संकलन उपकरण मार्फत पनि तरलता खिचिरहेको छ। अहिले राष्ट्र बैंकसँग बैंकहरुको निक्षेप संकलन उपकरणमा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी रहेको छ।
१३ पुष २०८१, शनिबार ०७:४१ 38