/*php the_title();*/?>

काठमाडौं, असोज १ गते । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा किसानले उत्पादन गरेको अर्गानिक घिउ भन्दै पाम तेलको बेकरी सटरिङ बिक्रीविरण भएको पाइएको छ । विभाग पछिल्लो समय घिउको अनुगमनमा केन्द्रीत छ । विभागले गरेको अनुगमानका क्रममा बजारमा स–साना डेरीहरुले किसानले उत्पादन गरेको घिउ भन्दै बिक्री गर्ने गरेको घिउ जस्तै देखिने वस्तु अर्थात पाम तेलबाट बनेको बेकरी सटरीङ भएपछि सुचनाको अधारमा उद्योगसम्मै पुग्ने गरेको छ । विभाग १५ दिन देखि घिउको अनुगमनमा केन्द्रीत छ । विभागले पछिल्ला दुइ दिनमा दुई वटा उद्योगलाई सिल समेत गरेको छ ।
वेकरी सटरीङलाई घिउ भनी बिक्रीवितरण गरेको र त्यसको कच्चा पदार्थ समेत कुहिएको भेटिएपछि विभागले कारबाही गर्दै उद्योगमा सिल गरेको एक अनुगमन अघिकृतले भने ।

त्यस्तै केहि प्रोशोधित घिउ उद्योगले ढुसी परेको नौनिबाट घिउ खिया लागेका भाँडा प्रयोग गरेर घिउ बनाउने गरेको समेत फेला पारेको छ ।
खाद्य विभागले भदौ २६ देखि काठमाडौँ उपत्यकाभित्र खाद्य वस्तुको निरीक्षण तथा अनुगमनका लागि दैनिक दुई वटा अनुगमन टोली खटाई तीव्र रूपमा बजार अनुगमन गरिरहेको जनाएको छ ।
विभागले भदौ २६ देखि ३१ गतेसम्म उपत्यका विभिन्न ठाउँमा रहेका ११ घिउ उत्पादन उद्योगले बिक्री गर्ने घिउको गुणस्तरमा शङ्का लागेपछि नमुना लिई परीक्षण पढाएको छ । विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले नमुना सङ्कलन गरी पठाएका घिउ र नौनीको परीक्षण रिपोर्ट हेरेर कारबाही अगाडि बढाउने पनि जानकारी दिएका छन् ।https://www.facebook.com/61564775253334/videos/7942260219236404

१ आश्विन २०८१, मंगलवार ०४:५७ 84