ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परिक्षषण स्थगित

काठमाडौं भदौं २९ । लामो प्रक्रियामार्फत अगाडि बढाइएको १० ठुला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट परीक्षण कार्य हाललाई स्थगित भएको छ ।

केन्द्रीय बैंकले शुक्रबार यसअघि सर्टलिस्ट गरिएका विदेशी लेखापरीक्षक रद्द गरेपछि तत्काललाई अन्तर्राष्ट्रिय लेखा परीक्षण रोकिएको हो ।

अन्तर्राष्ट्रिय मुद्राकोषसँगको प्रतिबद्धताअनुसार धेरै कर्जा प्रवाह गरेका १० वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखापरीक्षण गराउन पाँच लेखापरीक्षक सर्टलिस्ट गरी प्राविधिक प्रस्ताव माग गरिएको थियो।

तर, छनौट भएका लेखापरीक्षकमध्ये भारतको केपीएमजीको आर्थिक प्रस्तावका मात्र योग्य देखिएपछि प्रस्ताव अस्विकृत गरिएपछि प्रक्रिया नै अवरुद्ध भएको हो । गत चैतमा पाँच कम्पनीको आशयपत्र सर्टलिस्ट गरिएको थियो।

२९ भाद्र २०८१, शनिबार ०२:२७ 84