/*php the_title();*/?>

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । जसले नेपालमा डिजिटल बैंक स्थापनाको बाटो खोल्ने छ ।
अर्थमन्त्री वर्षमान पुनले ५ चैतमा दर्ता गरेको उक्त विधेयकमा डिजिटल बैंकले बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्ने गरी ऐन संशोधनको प्रस्ताव गरिएको छ । विधेयकले मूल ऐनमा दफा ४९ क थप गरी डिजिटल बैंक सम्बन्धमा व्यवस्था गर्न प्रस्ताव गरेको छ । ‘‘यो ऐन, अन्य प्रचलित कानून, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैङ्कले तोकेको सीमा, सर्त वा निर्देशनको अधीनमा रही डिजिटल बैङ्कले राष्ट्र बैङ्कले तोके बमोजिमको निक्षेप लिने, कर्जा प्रवाह गर्ने समेतका बैङ्किङ तथा वित्तीय कारोबार गर्न सक्नेछ,’’ प्रस्तावित विधेयकमा भनिएको छ ।
सामान्य रुपमा बुझ्दा डिजिटल बैंक भन्नाले विद्युतीय माध्यमबाट सबै बैंकिङ सेवा उपलब्ध गराउनु हो । यसमा बैंकमा पैसा जम्मा गर्नेदेखि कर्जा लिनेसम्मका सबै प्रक्रिया अनलाइनबाट सम्पन्न हुने खालको परिकल्पना गरिन्छ । यो हुँदा ग्राहक कुनै पनि कामका बैंकमा उपस्थित हुनुपर्ने अवस्था रहँदैन ।

९ चैत्र २०८०, शुक्रबार ०१:३८ 67