दसैंको अग्रिम टिकट खुल्यो

काठमाडौं । दसैंका लागि आगामी असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको बैठले अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले असोज १२ गतेबाट उपत्यकाबाट चाडपर्वमा बाहिरिने यात्रुहरुका लागि टिकट खुल्ने बताए ।
त्यस्तै यात्रुको सहायताका लागि सहायता कक्ष पनि स्थापाना हुने छन् । नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुहरुलाई सहजीकरण गर्ने र गुनासो सुन्ने छन् ।

दसैंमा करिब १२ देखि १५ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् ।

९ आश्विन २०८१, बुधबार ०२:२३ 22