नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी कानुन बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- हवाई क्षेत्रको नियामक नागरिक उड्डयन प्राधिकरण(क्यान) टुक्राउने गरी कानुन बनाउने प्रकृया अगाडी बढ्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउने गरी कानुन बनाउने प्रकृया फेरी सुरु गर्ने निर्णय सरकारले गरको हो।

२०७६ फागुन ११ गते प्राधिकरण टुक्राएर नियामक र सेवा प्रदायक बनाउने गरी विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो।

नेकपा एमालेकै पहलमा २०७९ मा राष्ट्रियसभाबाट पारित गर्दै कानुन बनाउने प्रकृया अगाडी बढेपनि प्राधिकरणले नै विधेयक पारित गर्न नदिएको बताइन्छ।
युरोपको हवाई क्षेत्रको नियामक ईयुले नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्दै नेपाली आकाशलाई कालो सुचीमा राख्दै आएको छ।

क्यानलाई सेवाप्रदायक र नियामकमा नछुट्याएको भन्दै ईयुले हालसम्म पनि कालोसुचीबाट हटाएको छैन।

८ पुष २०८१, सोमबार १५:५० 39