निमार्ण व्यवसायीको माग अनुसार सार्वजनिक खरिद नियमावली संशोधन, एक हजार बढी अयोजनाको म्याद थप हुँदै

काठमाडौं । एक हजार भन्दाबढी आयोजनाको म्याद थप हुनेगरि सरकारले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधन गरेको छ। नियमावली समयमा काम सम्पन्न नभएका र काम चालु अवस्थामा रहेका आयोजनाको समय एकमुष्ट थप्न सक्ने गरी संशोधन गरेको हो ।

सयम थपका लागि निर्माण कम्पनीले बुझाएको कार्यतालिकाअनुसार नै समय थपिने गरी कार्यालय प्रमुखलाई अधिकार दिइएको छ। तर आर्थिक दायित्व भने थप नहुने सर्तमा समय थप्न सकिने संशोधन भएको नियमावलीमा उल्लेख गरिएको छ। साथै समयमा नै काम नगर्नेसँग सरकारले पनि थप भएको समयको क्षतिपूर्ति लिने भएको छ।

यो संशोधनले सडक पूर्वाधार, सिँचाइ, भवन, सहरी विकास, विद्युत् आयोजनालगायत पूर्वाधारसँग सम्बन्धित आयोजनाका ठेकेदार लाभान्वित हुने भएका छन्।
सरकारले २०७९ असार २० मा सार्वजनिक खरिद नियमावली संशोधन गरी एक वर्षसम्म रुग्ण ठेक्काको म्याद थप गर्न बाटो खोलेको थियो। त्यसपछि गत असार २१ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बाधाअड्काउ फुकाउँदै म्याद सकिन लागेका आयोजनाको म्याद थपेको थियो।

२१ फाल्गुन २०८०, सोमबार १४:४८ 15