/*php the_title();*/?>

काठमाडौं-निर्माण सामाग्रीको मुल्य बढेपछि निर्माण व्यवसायी आक्रोसित भएका छन्। अर्थतन्त्रमा माग सृजना नभई कृत्रिमरुपमा सिमेन्ट र दण्डीको मुल्य बढाएको भन्दै बढेको मुल्य अनुसार मुल्य समायोजन गर्न नेपाल निर्माण व्यवसायी महासंघले निर्माण कम्पनीलाई भनेको छ।
सिमेन्टको मुल्य प्रति बोरा २०० रुपैयाँ र दण्डीको मुल्य प्रति केजी १५ रुपैयाँले बढेकाले बढेको मुल्य अनुसार पत्राचार गर्न महासंघले भनेको छ। मुल्यबृद्धिले यसरी नै निरन्तरता पाएमा निर्माण कार्य रोकेर आन्दोलन गर्ने चेतावनी समेत महासंघले दिएको छ।
निर्माण कार्य ठप्प हुँदा निर्माण सामाग्रीको माग बढ्न सकेको थिएन। सिमेन्ट तथा दण्डीको विक्री नहुँदा त्यस्ता कम्पनीको वित्तिय विवरण समेत प्रभावित हुँदै आएको थियो। हाल बृद्धि गरिएको मुल्यका आधारमा सिमेन्ट तथा दण्डी विक्री भएमा नाफामा सुधार हुने अपेक्षा उद्योगीहरुले लिएका छन्।
सरकारले पुँजीगत खर्च बृद्धि गर्न सकेमा निर्माण सामाग्रीको खपत बढ्ने देखिन्छ। यद्यपी हालसम्म सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन। बैंकहरुको ब्याजदर घटेर आवसीय कर्जा ७ देखि ९ प्रतिशतबीचमा आएकोले निजी घरहरु बढेमा निर्माण सामाग्री खपत बढ्ने देखिन्छ। यसले निर्माण सामाग्री उत्पादन गर्ने उद्योगी व्यवसायीलाई राहात पुग्न सक्छ।
१० पुष २०८१, बुधबार ०१:४८ 34