बजार घट्नुको कारण खोज्न अर्थमन्त्री पौडेल नेप्से कार्यलयमा

काठमाडौं, भदौं २ । सेयर बजार निरन्तर घटिरहेपछि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको विषयमा सोधीखोजी गरेका छन्। असार १७ गते २०३७.०९ अंकबाट उकालो लागेको नेप्से साउन ३१ गते ३०००.८१ अंकमा रोकिएको थियो। त्यसपछि निरन्तर घटिरहेको नेप्से बुधबार २५७६.७६ अंकमा अडिएको छ।

यसरी घटेको नेप्से सोमबारसम्म ४२४ अंकले घटेपछि अर्थमन्त्री पौडेल बुधबार नेप्से पुगेका हुन् । सुरुमा उच्च अंकले घट्ने संकेत देखाएको नेप्से अर्थमन्त्री पौडेल नेप्सेमा पुगेसँगै ४ अंकले घटेर २५७६.७६ अंकमा रोकिएको छ।

बुधबार सेयर कारोबार समयमै नेप्से पुगेका अर्थमन्त्री पौडेलले नेप्से ३०० बाट २५०० अंकमा झरेको जवाफ खोज्न आएको बताएका हुन् । अर्थमन्त्री पौडेल, राजश्व सचिव दिनेशकुमार घिमिरे र नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष महेश बरालसमेत साथमा थिए ।

२ आश्विन २०८१, बुधबार १४:०३ 17