/*php the_title();*/?>

काठमाडौं । गत असोर १० देखि १२ गते सम्म परेको अविरल बर्षाका कारण चीन जोड्ने उत्तरी नाका बन्द भएका छन् ।
सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका पहिरोले पूर्ण रुपमा बन्द हुँदा चीनबाट आउने सामान र विद्युतीय(ईभी) गाडी बाटोमै रोकिएका हुन । तत्काल नाका खुल्ने अवस्था नरहेकोले उपभोक्ताले बुकिङ गरेका गाडी दसैंमा नपाउने निश्चित भएको छ । उपभोक्ताले दसैंमा पाउने भन्दै नाडा अटो–शोमा गाडी बुकिङ गरेका थिए ।

त्यस्तै दसैंका लागि आवश्यक पर्ने अधिकांस सामान नेपाल भित्रिसेको थियो भने तिहारको सामान भने लक्षित गरि ल्याएका सामान भने बाटोमै रोकिएका छन् ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले चीन जोड्ने सडक पूर्ण रुपमा क्षति भएकाले दसैं अगाडि खुल्ने सम्भावना नरहेको बताएका छन् । भन्सार कार्यालयदेखि चीनियाँ नाकासम्म मात्र तीन ठाउँमा पहिरो गएको र तत्कालै बनाउन सक्ने स्थिति नहुँदा उक्त नाका हुँदै आउने सम्पूर्ण सामान चीनमै रोकिएको उनले जानकारी दिए
यस्तै, रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलले पनि एक सातादेखि नाका पूर्ण रुपमा बन्द भएको जानकारी दिए।

बाटो केही आंशिक खुले पनि नियमित रुपमा बिजुली र इन्टरनेट नआउने समस्याले सामान पठाउन समस्या भएको उनले बताए। चीनतर्फका बाटोमा समेत ठूलो पहिरो गएकाले मर्मत हुन अझै समय लाग्ने हुँदा दसैंका लागि दसैं तिहारका लागि आयात गरिएको सामान आउने सम्भावना न्यून रहेको उनको भनाइ छ।
१७ आश्विन २०८१, बिहीबार ०२:४४ 11