/*php the_title();*/?>

काठमाडौं । नेपालीको सबै भन्दा ठूलो रोजगारीको गन्तव्य मुलुक मलेशियाले विदेशी कामदारका नलिने नीतिको असर नेपालमा पर्ने भएको छ । मलेशियन सरकारको यो नयाँ नीतिले मलेसिया जान चाहाने हजारौं नेपाली कामदार प्रभावित हुन सक्ने यस क्षेत्रका विज्ञले बताएका छन् ।
मलेसियाले नयाँ नीतिमार्फत विदेशी कामदर नलिने भएपछि नेपालले त्यसका विकत्प खोज्नु पर्ने वा नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने विज्ञको भनाई छ ।
मलेशियाको गृह मन्त्रालयले समयसीमा तोकेर विदेशी कामदारहरू उक्त देशमा ल्याउने काम अर्को निर्णय नभएसम्म रोक्ने निर्णय गरेको विवरणहरू आएका छन्।
अङ्ग्रेजी भाषाका स्थानीय सञ्चारमाध्यमका वेबसाइटहरूमा जनाइए अनुसार मलेशियाली रोजगारदाताहरूले ल्याउने कामदारहरूको भिसा यही मार्च ३१ भित्र लागिसकेको हुनु पर्नेछ।
त्यस्ता कामदारले पनि आगामी मे ३१ भित्र मलेशिया प्रवेश गरिसक्नु पर्नेछ र त्यसको व्यवस्था रोजगारदाताले मिलाउनु पर्नेछ।
त्यस्तै कामदारहरूलाई मार्च ३१ भित्र भिसा लगाउन नसक्ने कम्पनीहरूले आफ्नो विदेशी कामदारको कोटा गुमाउने पनि निर्णय भएको जनाइएको छ।
सरकारको उक्त निर्णयले मलेशियाको उत्पादन उद्योगमा गहिरो असर पर्ने भन्दै त्यहाँका उद्योगीहरूले त्यसमा पुनर्विचार गर्न माग पनि गरेका छन्।
२९ फाल्गुन २०८०, मंगलवार ०१:३७ 21