/*php the_title();*/?>

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी गराएका हुन्।
अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ।
कम्पनीको अधिकृत पुँजी १० अर्ब रूपैयाँ हुनेछ। यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए। उनले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए।
राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको चैत्र अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको एक्यवद्धता खोजिने बताए। महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको समेत बताए।
२८ फाल्गुन २०८०, सोमबार १२:३० 23