यस्तो छ, आजको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको मूल्य सामान्य बढाएको छ। शुक्रबारको तुलनामा विदेशी विनिमय दर सामान्य परिवर्तन गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। आइतबारका लागि नेपाली बजारमा अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ४१ पैसा तथा बिक्री दर १३३ रुपैयाँ १ पैसा तोकिएको छ।

उक्त दर शुक्रबारको तुलनामा सामान्य बढी हो। शुक्रबार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २५ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको थियो। त्यस्तै युरो १ को नेपाली खरिद १४३ रुपैयाँ ४० पैसा तथा बिक्री दर १४४ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ। शुक्रबारको तुलनामा युरोको विनिमय दर सामान्य घटेको राष्ट्र बैंकले जानकारी दिएको छ।

१३ फाल्गुन २०८०, आईतवार ०२:०१ 27