रोजगारीको लागि एक महिनामै ५७ हजार नेपाली विदेशिय

काठमाडौं । भदौं महिनामा मात्रै कामको खोजिमा ५७ हजार नेपाली विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौं महिनामा ५७ हजार ४०३ नेपाली विदेशियका हुन ।

जसमा पहिलो श्रम स्वीकृति लिएर ३९ हजार ५५७ छन् भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

रोजगारीको लागि विदेशीयका ५७ हजारमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला छन् । म्यानपावर कम्पनीमार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना विदेश रोजगारीमा गएको विभागको सार्वजनिक तथ्यांकमा उल्लेख छ । त्यस्तै जीटुजी अर्थात दुई सरकारबीचको सम्झौता मार्फत १ हजार ३ नेपाली काम खोजीमा विदेश गएका छन् ।

भदौमा सबैभन्दा बढी नेपाली युएई गएका छन् यूएईमा १८ हजार ६०५ नेपाली कामको खोजीमा गएका हुन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदीमा १० हजार ८३, कुवेतमा ४ हजार २१५ गाएका छन् ।

यस्तै, युरोपेली देश रोमानियामा १ हजार ८८८ जना नेपाली रोजगारका लागि गएको विभागको तथ्यांक छ।

कुनै बेलाको नेपाली श्रमिकको मुख्य गन्तव्य मलेसियामा भदौमा १ हजार १९५ श्रमिक मात्रै कामको खोजीमा गएको विभागले जनाएको छ । मलेसियाले गत मार्चमा आप्रवासी कटौती गर्ने निर्णयपछि नेपाली कामदार माग आउन छाडेको हो।
गत भदौमा वैदेशिक रोजगारीका लागि ५० हजार ८८४ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

१० आश्विन २०८१, बिहीबार ०२:१३ 16