/*php the_title();*/?>

काठमाडौं, भदौं २ । विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्राण्ड भिडोल अब नेपालमा नै उत्पादन शुरु गरेको छ युनाइटेड लुब्रिकेन्टस् कम्पनीसँगको साझेँदारीमा भिडोलले नेपालमा फ्रेन्चआइज उत्पादन शुरु गरेको हो ।
७५ भन्दा बढी देशमा उपस्थिति रहेको भिडोल विश्वका १८ वटा स्थानबाट उत्पादन हुँदैआएको छ भने पछिल्लो पटक नेपालबाट समेत यसको उत्पादन शुरु गरिएको हो ।
नेपाल गोल्डका लागि आधिकारिक उत्पादक युनाइटेड लुब्रिकेन्टले धनुषामा वृहत् प्लान्टको स्थापना गरी अमेरिकी फ्रेन्चआइज भिडोलको आधिकारिक उत्पादन थालनी गरेको छ । मिथिला ३, लालभट्टिया धनुषामा कम्पनीले कूल १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा प्लान्ट स्थापना गरी विभिन्न इन्जिन आयल, ग्रिज तथा लुब्रिकेन्ट उत्पादन थालनी गरेको छ ।
सन् २०२१ बाट फ्याट्री निर्माणको थालनी गरेको कम्पनीले तीन वर्षपछि २०२४ मा औपचारिक उद्घाटन गरेको हो । विश्वकर्मा पुजाको अवसर पारेर कम्पनीले मंगलबार लुब्रिकेन्ट फ्याट्रीको औपचारिक उद्घाटन गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त फ्याट्रीको उद्घाटन गरे ।
दैनिक बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइल इन्ड्रस्ट्रीको दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्ट जस्तो अत्यावश्यकीय वस्तु उत्पादन नेपालमा नै शुरु हुनु ठूलो सफलता रहेको मुख्यमन्त्री सिंहले बताए । यसबाट नेपालले राम्रो आर्थिक फाइदा लिनुपर्ने उनले बताए । लुब्रिकेन्ट उत्पादनसँगै नेपालमा रोजगारी सिर्जना र आर्थिक उत्पादनमा कम्पनीले ठूलो सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे ।
कम्पनीले कूल ५० करोड लगानीमा लुब्रिकेन्ट उत्पादनको प्लान्ट स्थापना गरेको हो । लुब्रिकेन्टको कच्चापदार्थ स्टोरेज, प्रोसेसिङ, प्याकेजिङ तथा स्टोरेजसहितको वृहत प्लान्टमा छुट्टाछुट्टै गरी कम्पनीले कूल २ हजार ४०० किलोटिर लुब्रिकेन्ट स्टोरेज ट्यांक स्थापना गरेको छ ।
मेन प्लान्ट ३८ हजार ४२५ वर्गमिटर क्षेत्रफलमा रहेको छ भने रअ मेटिरियल्स ९कच्चापदार्थ० स्टोरेजका लागि ६ हजार ७९३ वर्गफिट, बोइलर क्षेत्रका लागि ४ हजार ७४४ वर्गफिट, वाइरहाउस क्षेत्र ३८ हजार ४२५ वर्गफिट र रेसिडेन्ट तथा सेकुरिटी ९आवास र सुरक्षा० कोलोनी क्षेत्र ४ हजार एकसय वर्गफिटमा छुट्याइएको कम्पनीका जनरल म्यानेजर दिनेश खनालले जानकारी दिए ।
मासिक १० लाख लिटर ९१ हजार किलोलिटर० लुब्रिकेन्ट उत्पादन क्षमता रहेको प्लान्टमार्फत हाल दैनिक ३३ हजार लिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । प्लान्टबाट दैनिक सिफ्ट अनुसार १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन गर्दैआएको छ ।
कम्पनीले आवश्यक बेसआयल, सिन्थेटिक लगायतका कच्चपदार्थ भारतबाट आयात गरी लुब्रिकेन्टको ब्लिडिङ गर्नेगर्छ भने तयारी लुब्रिकेन्ट नेपाल भरका मार्केटमा बिक्रीवितरण गर्नेगर्छ ।
२ आश्विन २०८१, बुधबार १४:२२ 17