वैदेशिक साहयता २३७.५ प्रतिशतले बढेको अर्थमन्त्रालयको दाबी

काठमाडौं-नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायता उल्लेखियरुपमा बढ्न थालेको अर्थमन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता आएको बताइएको छ।

गत वर्षको सोही ५९ अर्ब ९८ करोड रुपैयाँ वैदेशिकको प्रतिवद्धता प्राप्त भएको छ। चालु आर्थिक वर्ष वैदेशिक साहयता गत वर्षको सोही अवधिको तुलनामा २३७.५ प्रतिशतले बढेको छ।
अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिवद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिवद्धता २८०.६ प्रतिशतले बढेको हो।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्‍त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ।

भट्टाराईका अनुसार यस अवधिमा वैदेशिक ऋण ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत जम्मा ४४ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्‍त भई विभिन्न विकास निर्माणका परियोजनामा परिचालन भइरहेको छ।

७ पुष २०८१, आईतवार १५:०७ 98