शिवरात्रिमा पशुपतिनाथमा कतिको हुन्छ व्यापार ?

शिवरात्रीका लागि पशुपतिमा करिब १ महिना अघिदेखि चहलपहल सुरु हुन्छ । शिवरात्रीकै लागि भनेर भारतबाट समेत साधु,सन्त तथा नागाबाबा पाशपत क्षेत्रमा आउने गरेका छन् ।
शिवरात्रीको व्यवस्थापन मिलाउन कोषले विभिन्न समिति तथा उपसमिति बनाएर काम गरिरहेको छ। यस दिनलाई विशेष बनाउन कोषले १४ फिटको बाटेको धुप र १० फिटको सिन्के धुप बालिने खत्रीले जानकारी दिए। कोषको उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ भने पशुपति क्षेत्रमा निःशुल्क भोजन गराउनेहरूले फोहर व्यवस्थापन आफै गर्न निर्देशन पनि दिइएको छ। पशुपति क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माण गरिएको छ।
शिवरात्रीको दिन मन्दिरभित्र ७ लाख र बाहिर मेला भर्न मात्र करिब १० लाखभन्दा बढी भक्तजन आउने कोषको अनुमान छ।
पाशपत क्षेत्रमा करिब २ सय वटा पुजा सामाग्री बेचविखन गर्ने पसल छन्। शिवरात्रीको दिनमा एउटै पसलले औसत ५० हजारको हाराहारीमा कारोबार गर्छन् यो हिसाबले उक्त दिन १ करोडको पुजा सामाग्री मात्रै बिक्री हुन्छ।

पुजा सामग्रीको व्यापार शिवरात्रीको २÷३ दिनअघिदेखि नै पुजा सामग्रीको व्यापारी बढने गरेको छ । यस्तै पशुपतिमा यसदिन खाना, रोटीदेखि पानीसम्म विभिन्न संघसंस्थाले वितरण गर्छन्। त्यस्ता संघसंस्थाका लागि कोषले निशुल्क ठाउँ उपलब्ध गराउँछ।

काठमाडौं बाहिर र भारतबाट करिब १० हजार दर्शनार्थी पशुपति आउँछन्। यस्ता दशनार्थी पाटीपौवादेखि ५ तारे होटलमा बस्ने गरेका छन्।

शिवरात्रीमा पुजा सामग्री पसलपछि चहलपहल होटलमा हुन्छ। काठमाडौं बाहिर र भारतबाट करिब १० हजार दर्शनार्थी पशुपति आउँछन्। यस्ता दशनार्थी पाटीपौवादेखि ५ तारे होटलमा बस्ने गरेका छन्। बाहिरबाट आउने दर्शनार्थीमध्ये आधा दर्शनार्थीमत्रै सामान्य होटलमा बस्दा खर्च हुने प्रतिव्यक्ति अनुमानित २ हजार रुपैयाँको दरले हिसाब गर्दा दर्शनार्थीले करिब १ करोड होटलमा बुझाउँछन्। यसरी बाहिरबाट आउने दर्शनार्थी पनि एक दिन मात्र नभई २र३ दिन बसेर मात्रै जान्छन्।

यसरी हेर्दा भक्तजनले यो ३ दिनमा करिब २ करोडको पुजा समाग्री र करिब २ करोड रुपैयाँ होटलमा मात्रै खर्च गर्छन्। यो बाहेक दर्शनार्थीलाई खाना, खाजा, पानी निशुल्क खुवाउने संस्थाहरुको खर्च पनि करोडमा छ। मेलामा आउने खेलौना, फलफुललगायत व्यापारीहरुले पनि राम्रो व्यापार गर्छन्।

२५ फाल्गुन २०८०, शुक्रबार ०३:१४ 38