/*php the_title();*/?>

काठमाडौं। सरकारले आजैदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधनको ३.३० प्रतिशतले बढाएको हो।
विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको छ।
दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको छ। २०८० साउन ३१ मा भाडा समायोजनएपछि आज नयाँ भाडादर तोकिएको हो।

२२ पुष २०८१, सोमबार १६:३४ 45