सर्वोच्च अदालतले गर्यो एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज

काठमाडौं-सर्वोच्च अदालतले एनसेल सेयर विक्री रोक्न माग गरिएको रिट खारेज गरिदिएको छ।न्यायाधीश सपना मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले रिट खारेज गरेको हो।
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले २०८० मंसिर २२ गते एनसेल सेयर खरिद बिक्री रोक्न सर्वोच्च अदालतमा रिट दायर गर्दै परमादेश माग गरेक थिए।
एनसेल आजियटा, नेपाल दूर संचार प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय, सञ्जार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय , आन्तरिक राजस्व विभागलाई विपक्षी बनाइएको थियो।
आजियटाले एनसेलको ८० प्रतिशत सेयर वेलायतको स्पेक्ट्रलाइट युकेलाई ५ करोड डलरमा विक्री गर्न लागेको जानकारी गराइदिएको थियो।
सर्वोच्च अदालतले सेयर बिक्रीमा संक्षिप्त आदेश जारी गर्दै आजियटाको सेयर विक्री गर्नुअघि दुरसंञ्चार प्राधिकरणको पूर्व स्वीकृति लिनुपर्नेमा जोड दिएको छ। स्वीकृत नलिई नियनकारी निकायहरुको आँखा छल्ने गरी सेयर कारोबार गर्न भनेको छ। मौजुदा कानुनको पालना गर्दै विधिसमत तरिकाले सेवा प्रदान गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।

११ पुष २०८१, बिहीबार १५:२३ 65