/*php the_title();*/?>

पछिल्ला केहि दिन यता नेपालमा पनि सुनको भाउ निरन्तर उकालो लागेको छ । एक सतामै सुनको भाउ ५ हजारले बढेर १ लाख २६ हजार पुगेको छ । जुन एक साता अघि एक लाख २१ हजार थियो ।
कसरी बढ्छ नेपालमा सुनको भाउ
नेपाल सुन चाँदी व्यवसायी महासंघले हरेक दिन अन्तर्राष्ट्रिय बजारम अनुसार नेपालमा पनि सुनको मूल्य निर्धारण गर्ने गरेका छन् ।
अमेरिकी फेडरल रिर्जव बैंकको व्यादर घटबढ हुँदा विश्वभार सँगै नेपालमा पनि त्यसको असर पर्ने गर्छ । अहिले पुनः फेडरल बैंकले व्यादर घटाउँदा सुनको मुल्य उकालो लागेको हो । सुनलाइ विश्वभार नै सबै भन्दा सुरक्षित लगानी गर्ने क्षेत्र मानिन्छ । कोभिडलको समयमा अन्य क्षेत्रमा लगानी गर्न जोखिम भएपछि विश्वका ठूला धनाड्यले सुनमा लगानी बढाउदा मुल्य उकालो लागेको थियो ।
फेडरल बैंकले व्यादर घटाउँदा ठूदा धनाड्यले फेडरल बैंकमा राखेको पैसा निकालेर सुनमा लागनी गर्ने गर्छन । अहिले त्यहि कारण विश्वभार सुनको मुल्य उकालो लागेको हो ।
यो साता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ रेकर्ड स्तरमा पुग्दै प्रति आउन्स २१२० अमेरिकी डलर नाघेको थियो।
अमेरिकी नीतिको हकमा कोभिडको समयपछि त्यहाँ बढेको महँगी वा मुद्रास्फीतिसँग जुझ्न फेडरल रिजर्भले ब्याज दर बढाइदिएको थियो।
अमेरिकाको फेडरल रिजर्भले ब्याज घटाउने भनिएको छ। जसकारण त्यहाँका ब्याङ्कमा राखिएका पैसा झिकेर लगानीकर्ताहरूले सुन तथा बिटक्वाइनमा लगानी गरेको देखियो। त्यसैले दुवैको भाउ रेकर्डस्तरमा बढिरहेको छ ।
नेपालमा आन्तरिक बजारमा सुनको भाउ चाहिँ अन्तर्राष्ट्रिय बजारमा उसको भाउलाई डलरको विनिमय दरले गुणन गरेर अनि त्यसमा भन्सार शुल्क तथा सञ्चालन खर्च जोडेर तय गरिन्छ।
सुनको भाउ अकासिनुको अर्को कारण चाहिँ मध्यपूर्वमा चर्किएको अशान्ति पनि हो । अशान्ति र अस्थिरताको माझमा लगानीकर्ताहरूले सुनलाई भरपर्दो माध्यम मान्ने गर्छन्।
२९ फाल्गुन २०८०, मंगलवार ०२:२४ 87