सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा ५९ अंकको गिरावट आएको छ । पछिल्लो समयमा बजार निरंन्तर ओरालो यात्रामा छ । आईतबार झिनो अंकले बढेको बजार सोमबार पनि ५९ अंकले नै घटेको थियो । अर्थमन्त्री विष्ण पौडेलले बजार घट्नुको कारण खोज्न नेप्सेलाई दिदै आएपनि बजारको ओरालो यात्रा रोकिएको छैन ।


पछिल्ला २० कारोबार दिनलाई हेर्दा १५ दिन बजार घटेको छ भने ५ दिन मात्रै बजार बढेको छ । मंगलबार पनि बजार ५८.९३ अंकले बजार घटेको छ ।


यस दिन ३०९ कम्पनीको १ करो ५५ लाख कित्ता ७ लाख ७ हजार पटक खरिद बिक्री हुँदा ५ करोड ६८ करोड रुपैयाँको कारोबार भएको छ । करोबार भएका ३०९ मध्य २३३ कम्पनीको सेयरमा मुल्य घटेको छ भने १० कम्पनीको मात्रै बढेको छ ।
अर्थ मन्त्रालयमा विष्णु पौडेल आएसँगै बजार उकालो लागेर ३० हजारको विन्दुमा पुग्दा एैतिहाँसिक ३० अर्ब बढीको कारोबार भएको थियो ।

८ आश्विन २०८१, मंगलवार १०:४९ 15