हिमाल आरोहणका लागि ३६२ जनाले लिए अनुमति, कुन हिमाल चढ्ने कति ?

काठमाडौं । यस वर्षको शरदयामको हिमाल आरोहणका लागि अहिलेसम्म ३६२ जनाले अनुमति लिएका छन् । जसबाट नेपाल सरकारले चार करोड ५२ लाख ४५ हजार आठ सय ४८ रुपैयाँ राजस्व संकलन गरेको छ । १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुष गरि ३६२ जनाले अनुमति लिएका हुन ।


जसमा सबै भन्दाबढी ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि अहिलेसम्म ३०८ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । त्यस्तै ८,१६७ मिटरको धौलागिरी प्रथमका लागि १४ जना, पुथा हिमचुलीको लागि ९ जनाले अनुमति लिएका छन् ।


यो सिजनको हिमाल आरोण अनुमति लिनेमा सबै भन्दा बढी चीनबाट ६१, अमेरीकाबाट ३५, रुसबाट ३१, जापानबाट र बेलायबाट २३, चेक रिप्बलिकबाट २० जनाले अनुमति लिएका छन् ।


यो सिजनमा हिमाल आरोहणको लागि अहिलेसम्म अनुमति लिएका १० हिमालबाट ३ लाख २२५ डलर अर्थात ४ करोड ५२ लाख ४५ हजार ८ सय ४८ रुपैयाँ आर्जन भएको छ । जसमा सबै भन्दाबढी मनास्लुबाट ३ करोड ७१ लख ४३ हजार १४३ रुपैयाँ, त्यस्तै धौलागिरीबाट १६ लाख, अरनिको चुलीबाट ५ लाख आर्जन गरेको छ ।


शरदमा सगरमाथा बाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले रोयलटी बापत ९ सय डलर तिर्नुपर्ने प्रावधान रहेको छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ डलर देखि अधिकतम चार सय डलरसम्म तिर्नु पर्ने हुन्छ ।
यस बर्षको वसन्त ऋतुमा नेपालका ३० वटा हिमाल आरोहणका लागि एक हजार दुई जनाले अनुमति लिएका थिए । उनीहरुबाट सरकारले ६८ करोड ९९ लाख ७५ हजार तीन सय ११ आरोहण संकलन गरेको पर्यटन विभागले जनाएको छ ।

८ आश्विन २०८१, मंगलवार ०३:४३ 21