हिमाल आरोहणको लागि ४१० जनाले लिए अनुमति, कुन देशका कति ?

काठमाडौं । सरदयामको हिमाल आरोहणको लागि अहिलेसम्म ४८ टोलिका ४१० जनाले अनुमति लिएका छन् । जसमा ३२० पुरुष र ९० महिना रहेका छन् ।

यो सिजको आरोहणको लागि अनुमति लिनेमा सबै भन्दाबढी चिनीयाँ ६१ जनाले छन, भने दोस्रोमा अमेरिकन र रसियन ३८÷३८ जनाले छन् । त्यस्तै जापनीज २७, नेपाली २४ र बेलायती २३ जनाले अनुमति लिएका छन् ।

यो सिजनमा अहिलेसम्म ५५ देशका ४१० जनाले १६ हिमालको आरोहण अनुमति लिँदा सरकारलाई ४ करो ६४ लाख ९४ हजार ५०० राजस्व संकलन भएको छ । आरोहण अनुमति लिएका १६ हिमाल मध्य सबैभन्दाबढी मनास्लुका लागि ३०८ जनाले अनुमति लिएका छन् । थोरंग पीक २२ जना, पुगा हिमचुली १६, धौलागिरी १४ जना र कुम्भकर्ण १० जनाले अनुमति लिएका छन् ।

८ आश्विन २०८१, मंगलवार १४:५८ 126