५ महिनामा आयो २० अर्ब ७७ करोड रुपैयाँको प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता

काठमाडौं-चालु आर्थिक वर्षको कात्तिकसम्ममा २० अर्ब ७७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी(एफडीआई) आएको छ। कुल ३१९ उद्योगका लागि उक्त रकमको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ।

क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा बढी विदेशी लगानीको प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ। पर्यटन क्षेत्रमा ६२ लगानी प्रतिवद्धता आएको छ। यस्तै सेवा क्षेत्रमा २३, सुचना प्रविधमा ३, कृषि क्षेत्र ३ र उत्पादनमुलुक उद्योगमा २२ वटा लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको चार महिनामा खुद विदेशी लगानी ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै एफडीआई भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन देखि कात्तिकसम्ममा २ अर्ब ७४ करोड ३९ लाख रकम बाहिरिँदा ५ अर्ब ७६ करोड रुपैयाँ मात्रै भित्रिएको छ। गत आर्थिक वर्षको चार महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ मात्रै भित्रिएको थियो।

१२ पुष २०८१, शुक्रबार १५:१७ 59