/*php the_title();*/?>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले बढी हो भने रकममा ६३ अर्ब बढी हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत मात्रै हो ।
चालु आर्थिक वर्षको ६ महिनासम्म ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भएको उल्लेख गर्दै लक्ष्य अनुरुप राजस्व संकलनमा केन्द्रित हुने बताउनु भएको छ ।
१ माघ २०८१, मंगलवार १५:५७ 34