अमेरिका निर्यात गर्दा अब नेपाली वस्तुमा २६ प्रतिशत कर

नेपालले अमेरिकामा वस्तु निर्यात गर्दा पाउँदै आएको कर छुट आज देखि सकिएको छ । २०७२ को भूकम्पछि नेपाली वस्तुको बजार पहुँच बढाउन अमेरिकाले नेपाली उत्पादनलाई कर छुट सुविधा दिएको थियो । उक्त सम्झौता सन् २०२५ को अत्यसँगै अन्त्य भएको छ । नेपालले अमेरिकामा ७७ वस्तु निर्यात गर्दा कर छुट सुविधा पाउँदै आएको थियो ।
कर छुट सुविधा अन्त्यसँगै अबदेखि अमेरिकामा नेपाली वस्तु निर्यात गर्दा २६ प्रतिशतसम्म कर तिर्नुपर्नेछ । अमेरिकाले सन् २०१५ देखि अमेरिकाले नेपालका विभिन्न वस्तु आयातमा कर छुट सुविधा दिँदै आएको थियो ।
नेपालले कर छुट सुविधाअन्तर्गत पस्मिना सल, मफलर, टोपीलगायत ४८ वस्तु अमेरिकामा निर्यात हुँदै आएको थियो । निर्यातकर्ता व्यवसायीले छुट सुविधा निरन्तरताका लागि पहल गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग मागपत्र बुझाएका थियो तर यो सुविधाले निरंन्तरता भने पाउन सकेन ।

१७ पुष २०८२, बिहीबार १८:१५ 44