अमेरिकी डलरको मुल्य बढ्यो, यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलरको भाउ बढेको छ ।

सोमबार १ डलरको खरिद मूल्य १३२.३१ रुपियाँ र बिक्री मूल्य १३२.९१ रहेकामा आज भने खरिद १३२.३६ रुपियाँ र बिक्री १३२.९६ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी मलेसियन रिंगिट भने घटेको छ । मंगलबार आज १ रिंगिटको खरिद दर २८.०५ रुपियाँ र बिक्री दर २८.१८ रुपियाँ छ । जुन, हिजो खरिद २८.१२ र बिक्री २८.२५ रुपियाँ थियो ।

साथै हिजोको तुलनामा युरोपियन युरो र पाउन्ड स्टर्लिङ बढेको छ । आज युरो १ को खरिद मूल्य १४४.३३ रुपियाँ र बिक्री १४४.९८ रुपियाँ छ । साथै, १ पाउन्डको खरिद १६८.६१ रुपियाँ तथा बिक्री १६९.३८ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

६ चैत्र २०८०, मंगलवार ०२:०३ 127