/*php the_title();*/?>

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि सुधारका लागि कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले विभिन्न निकायलाई कार्यसम्पन्न गर्नुपर्ने समयसिमा नै तोकेर सुधारका क्षेत्र सार्वजनिक गरेका हो । जसमा व्यवसायीक वातावरणको विकास देखि सुशासन, स्वरोजगार र स्टाटको विकास जस्ता विषयहरु समावेश गरिएको छ ।
व्यवसायीक सुशासनको प्रवद्र्धनका लागि नीतिगत तथा कानूनी सहजीकरण गर्न कम्पनी विधेयक २०८२ को मस्यौदा तयार गर्ने भनेको छ । जसको लागि मन्त्रालयको औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाले कम्पनी रजिष्ट्रारको कार्यलयको सहयोगमा माघ भित्र मस्यौदा तयार गरि सक्नु पर्ने छ ।
त्यस्तै गरिवी निवारणका लागि लघु उद्यम विकास गर्ने । त्यसको लागि गरिवी निवारण लघु उद्यम विकास कार्यक्रम सञ्चाल निर्देशिका २०७७ लाई समयानुकुल बनाउने कार्ययोजनामा उल्लेख छ ।
दलित समुदायको परम्परागत तथा मौलिका पेशाको संरक्षण एवम् प्रवद्र्धनमार्फत रोजगारी तथा आयाआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम सञ्चालनका लागि नीतिगत सहजीकरण गर्न भगत सर्वजित शिल्प उद्यम विकास कार्यक्रम सञ्चालन कार्यविधि २०२८२ कार्तिम भित्रै तयार गर्ने उल्लेख गरेको छ ।
त्यस्तै उद्यमशिलता विकास तथा स्टार्टअप उद्यम प्रवद्र्धन तथा प्रोत्साहन व्यवसाय सम्बद्र्धन केन्द्र अर्था विजनेश इक्युवेशन सेन्टर सञ्चालन गर्न कार्यविधि २०८२ कार्तिक भित्रै तयार गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका लागि एपीओको सहयोगमा नेपाल उत्पादकत्व गुरुयोजना माघ भित्रै तयार गर्ने तयारी छ । विदेशी लगानी स्वीकृति सहजीकरण गर्न स्वचालीत विधितबाट स्वीकृत दिर्ने व्यवस्था मिलाउन मंसिर भित्रै राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी सहेको छ ।
३० आश्विन २०८२, बिहीबार २०:०४ 32