एक महिना भित्रिए १ लाख २८ हजार पर्यटक, गत वर्षको भन्दा ४ हजारले बढे

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा ठूलो असर गरेको भनिएपनि तथ्यांमा भने त्यस्तो देखिएको छैन् । आन्दोलको कारण सेप्टेम्बरको पर्यटक आगमा केही खस्किएपनि अक्टोम्बरमा भने त्यसको असर देखिएको छैन् ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को अक्टोम्बरमा १ लाख २८ हजार ४४३ पर्यटक नेपाल भित्रिएका छन् यो गत वर्षको यही महिनाको तुलनामा ३.३ प्रतिशत अर्थात झण्डै ४ हजारले बढी हो । गतवर्ष अक्टोम्बरमा १ लाख २४ हजार ३९१ पर्यटक नेपाल भित्रिएका थिए ।
गत वर्षको तुलनामा पर्यटक आगमन बढेपनि कोभिड अघि अर्थात सन् २०१९ को तुलनाम भने यो झण्डै ६ हजारले कम हो । सन् २०१९ मा १ लाख ३४ हजार ६९ जना पर्यटक नेपाल भित्रिएका थिए ।


सन् २०२५ को अक्टोम्बरमा सबै भन्दाबढी पर्यटक भारतबाट भित्रिएका छन् । भारतबाट १७ हजार २९८ पर्यटक भित्रिदा अमेरीकाबाट १३ हजार २८६ र बेलायत ६ हजार ७४४ पर्यटक नेपाल भित्रिएका छन् ।
तर नेपालले आसा गरेको छिमेकी देश चीनबाट आउने पर्यटकको संख्यामा भने कमी आएको छ । चीनले नेपाल भ्रमण बर्ष मनाइरहेको समयमै चीनबाट आउने पर्यटकको संख्यामा कमी आएको हो । कोभिड अघि भारतकै हाराहारीमा पर्यटक भित्रिने गरेपनि कोभिड पनि भने चीनबाट आउने पर्यटकको संख्या निरंन्तर घट्दै गएको छ । कोभिड पछि दोस्रो नम्बरमा रहेको पछिल्ला केहि महिना यता तेस्रो नम्बरमा खस्किएको थियो । यस पटक चौथो नम्बरमा पुगेको छ ।
अक्टोबारमा चीनबाट जम्मा ६ हजार ३६६ पर्यटक मात्रै नेपाल घुम्न आएका छन् । सन् २०२५ को १० महिनामा नेपालको तथ्यांक अनुसार पनि चीन तेस्रो नम्बरमै सिमित छ । सन् २०२५ को जनवरी देखि अक्टोम्बरसम्म चीनबाट कुल ७८ हजार ९२९ पर्यटक भित्रिएका छन् ।
त्यस्तै एक नम्बरमा रहेको भारतबाट २ लाख ४२ हजार ३५० पर्यटक भित्रिदा दोस्रो नम्बरमा रहेको अमेरीकाबाट ९३ हजार ९८५ पर्यटक आएका छन् ।
यो महिना पर्यटक आगमनमा दक्षिण एसियाको हिस्सा २२ प्रतिशत रहदा युरोपको ३१ र अमेरीकाको १२ प्रतिशत छ भने अन्य एसियाली देशको हिस्स १८ प्रतिशत रहेको छ ।


सन् २०२५ को जनावरी देखी अक्टोबरसम्म ९ लाख ४३ हजार ७१६ पर्यटक नेपाल भित्रिएका छन् । जसमा दक्षिण एसियाको हिस्सा ३६ प्रतिशत रहेको छ भने अन्य एसियाली देशको हिस्सा २०.९ प्रतिशत रहेको छ । त्यस्तै यूरोपको १९ प्रतिशत र अमेरीकाको १२ प्रतिशत हिस्सा छ ।
सन् २०२५ मा कोभिड अघिअ अर्थात सन् २०१९ को तुलनामा दक्षिण एसियाली देशबाट आउने पर्यटकको संख्या १५ प्रतिशतले बढ्दा अन्य एसियाली देशबाट आउने पर्यटकको संख्या भने २८ प्रतिशतले घटेको छ । त्यस्तै युरोपबाट आउने पर्यटको संख्या ५.९ प्रतिशतले घटेको छ । सन् २०१९ मा युरोपेली देशबाट आउने पर्यटकको संख्या १ लाख ९१ हजार रहेकोमा सन् २०२५ को अहिलेसम्म १ लाख ८० हजार मात्रै भित्रिएका छन् । त्यस्तै अमेरीकाबाट आउने पर्यटकको संख्या १७ प्रतिशतले बढेको छ भने मध्य एसियाबाट आउने पर्यटकको संख्या पनि २३ प्रतिशतले बढेको छ ।
सन् २०१९ मा १० महिनामा ९ लाख ६५ हजार ९९६ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२५ को १० महिनासम्म ९ लाख ४३ हजार ७१६ पर्यटक भित्रिएका छन् । यो सन् २०१९ को तुलनामा २.३ प्रतिशतले कम हो ।

१७ कार्तिक २०८२, आईतवार १९:४८ 118