एफएनसीसीआइले माग्यो जिल्ला सुरक्षा समितिमा आफ्नो प्रतिनिधि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्यसंघको प्रतिनिधित्व गराउन माग गरेको छ।

महासंघले गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र पठाउँदै व्यवसायीको मनोबल बढाउन सरकार र निजी क्षेत्रबीच समन्वय एवं सहकार्य हुनुपर्ने उल्लेख गरेको हो।

‘व्यवसायिक मनोबल बढाउन सरकार र निजी क्षेत्रबीच समन्वय एवं सहकार्य हुनुपर्ने देखिएको छ,’ पत्रमा भनिएको छ, ‘जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मुल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा व्यवसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधी सहभागी गराउने व्यवस्थाकालागि अनुरोध छ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरका व्यवसायी समेत निशानामा परेका थिए।

१४ कार्तिक २०८२, बिहीबार १८:४३ 113