एलआरआर मोटर्सको नयाँ शो–बुटवलमा, सोमार्जुन मोटर्स आधिकारीक विक्रेता

बुटवल । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले देशैभरी डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्स्लाई आधिकारीक डिलर नियुक्त गरेको छ ।
बुटवल र आसपासका क्षेत्रहरुका लागि जिली इएक्स फाइभका ईभिहरु स्थानीयस्तरमै उपलब्ध गराउने उदेश्य सहित आज आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्सद्धारा नव–निर्मित शो–रूमको औपचारिक उद्घाटन समेत गरिएको छ ।
एलआरआर मोटर्सले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रुपमा आजको डिलर शोरुमको उद्घाटनलाई लिइएको छ ।
साथै आजकै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्स्ले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ । पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरुको रुचीलाई दर्शाएको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहसँगै नयाँ डिलर–शो–रूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ ।

४ मंसिर २०८२, बुधबार ०७:०६ 12