/*php the_title();*/?>

सोल । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
१८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान स्थानीय समय अनुसार ९ बजेर ७ मिनेटमा दुर्घटना भएको हो । र्घटनाग्रस्त विमानबाट चालक दलका दुई सदस्यको भने जीवितै उद्धार गरिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सचार संस्थाहरुले जनाएका छन् ।
विमानमा १७३ दक्षिण कोरियाली र २ थाइल्याण्डका नागरिकसहित १७५ यात्रु र चालक दलका ६ सदस्य थिए । स्थानीय टेलीभिजनले प्रशारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिन्छ ।
अग्नि नियन्त्रक अधिकारीहरूले चरा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् । पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमानले पुनः आकाशमा फर्किएको र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिंग’को साथ गरिएको थियो । यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।
१४ पुष २०८१, आईतवार १३:१७ 40