/*php the_title();*/?>
काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीहरुले आन्तरिक उडानमा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई अधिकतम भाडादरको ८० प्रतिशतसम्म छुट दिने भएको छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा आइतबार भएको छलफलमा हवाई सेवा कम्पनीहरुले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई अधिकताम भाडा दरको ५० प्रतिशतसम्म छुटदिने सहमति भएको हो । त्यस्तै ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई ७० प्रतिशत र ८० माथिका जेष्ठ नागरिकलाई अधिकतम भाडाको ८० प्रतिशत छुट दिने घोषण गरेका हुन । त्यस्तै जुनसुकै उमेर समुहका फरक क्षमता भएका व्यक्तिले अधिकतम भाडादरको ५० प्रतिशत छुट पाउने छन् ।

यो सेवा आजैबाट लागु गरिने नेपाल नागरिक उड्डय प्राधिकरणले जनाएको छ । तत्कालाइ यो सेव वायु सेवा कम्पनीका आधिकारीक टिकट काउन्टरमा टिकट काट्नेले मात्रै पाउने भएपनि भविष्यमा डिजिटल प्लेटफर्मबाट काट्नेले समेत पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्त ज्ञानेन्द भूलले बताएका छन् । त्यसको लागि उमेर प्रमाणित हुने आइडी डिजीटल प्लेटफर्म मै अपलोड गर्नुपर्ने छ ।
४ कार्तिक २०८२, सोमबार ०७:३८ 25