थाई एयरवेजको बैंकक–काठमाडौं उडान अब एयरबस ३३० बाट

काठमाडौं । थाई एयरवेज इन्टरनेशनल पब्लिक लिमिटेड (थाई)ले काठमाडौं–बेंका उडानमा थ्री क्लास सुविधासहितको एयरबस ए३३० र ३३०एफ विमान सञ्चालनमा ल्याएको छ ।
यस विमानले असोज १ गतेदेखि काठमाडौं–बैंकक रुटमा मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो । यो रणनीतिक सुधारले नेपालको बजारमा पहिलो पटक प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी तथा इकोनोमी वर्गको विकल्प दिएको हो । जसले उडान भर्दै आएको बोइङ ७७७ अपरेसनलाई प्रतिस्थापन गरेको छ ।
नेपालको यात्रु सेवा र अनुभवलाई अझै परिस्कृत बनाउन सधैं प्रतिबद्ध रहेको थाइ एयरवेजले जनाएको छ । बैंकक र नेपालबीच यात्रुहरूलाई उच्चस्तरीय आरामदायी सुविधा सहितको सेवा प्रदान गरिरहेको हो ।
कार्तिक ९ देखि थाइ एयरवेज इन्टरनेशनलले दैनिक दुई पटक काठमाडौँमा उडान भर्दै आइरहेको छ । सुधार गरिएको विमान कन्फिग्रेसन र यात्रु अनुभव नयाँ एयरबस ए ३३० र ३०० एफ विमानमा कुल २६४ यात्रु राख्ने गरी तीन प्रकारका सेवा दिन थालिसकेको छ । जुन विविध याुत्रको प्राथमिकता तथा आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको हो।
प्रिमियम इकनोमी प्लस वर्ग ३१ वटा सीटहरु रहेका छन् भने प्रिमियम इकनोमी वर्ग मा ४८ वटा र इकोनोमी वर्गमा १८५ आरामदायी सीटहरु छन् ।
रणनीतिक साझेदारी तथा बजार तयारी
थाइ एयरवेज इन्टरनेशनल कम्पनी लिमिटेडले नेपालको लागि आफ्नो जेनरल सेल्स एजेन्टले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिससँग संयुक्त रुपमा व्यापक प्रशिक्षण सत्रहरू सञ्चालन गरेको थियो।
नेपालभरका यात्रा व्यवसायीकर्मीहरूलाई नयाँ विमान कन्फिग्रेसन र सेवा प्रस्तावहरूको जानकारीबारे पूर्ण रूपमा परिचित गराउने रणनीतिक पहलको मुख्य उद्देश्य हो । जसले गर्दा याुत्रलाई उनीहरूको आवश्यकता र प्राथमिकताअनुसार उपयुक्त यात्रा चयन गर्न उत्कृष्ट सल्लाह दिन सक्ने अवस्था सिर्जना भएको छ ।

१९ कार्तिक २०८२, मंगलवार १९:५९ 72