दुइ दशकपछि एकाएक किन घटे चिनियाँ पर्यटक ? यस्तो छ करण

काठमाडौं । सन् २०१९ को अक्टोबरमा १४ हजार ८९६ चिनियाँ पर्यटक नेपाल घुम्न आएका थिए । उक्त महिना भारतबाट १५ हजार ६१२ र अमेरीकाबाट १२ हजार २४१ पर्यटक नेपाल घुम्न आएका थिए । त्यो समयमा भारत पहिलो नम्बर थियो भने चीन दोस्रो र अमेरीका तेस्रो नम्बरमा थियो । तर त्यसको ६ वर्ष पछि सन् २०२५ को अक्टोबरमा भारतबाट १७ हजार २९८ पर्यटक भित्रिदा चीनबाट घटेर ६ हजार ७५५ पर्यटक मात्रै नेपाल घुम्न आएका छन् ।


सन् २०१९ को तुलनामा भारतबाट आउने पर्यटकको संख्या १० प्रतिशतले बढ्दा चीनबाट आउने पर्यटकको संख्या भने ५४ प्रतिशतले घटेको छ । सन् २०१९ मा कुल १२ लाख पर्यटक भित्रिदा चीनबाट मात्रै १ लाख ६९ हजार ५४३ पर्यटक नेपाल घुम्न आएका थिए । जुन सन् २०१८ को भन्दा १५ हजारले बढी हो । यति मात्रै होइन सन् २००१ देखि नै नेपालमा चिनियाँ पर्यटक आगमन बढ्दै गएको देखिन्छ । सन् २०१५ को भुकम्पको वर्ष बाहेक ।

२ दशक देखि हेरक वर्ष चिनियाँ पर्यटक बढ्दै गएपछि पर्यटन व्यवसायी र सकारको चीनीयाँ पर्यटक बढ्ने ठूलो अपेक्षा थियो । यहाँसम्मकी भिजिट नेपाल २०२० मा त चिनियाँ राजदूतले चीनबाट ५ लाख पर्यटक ल्याउने उद्घोष नै गरेका थिए ।
भारत र चीन नेपालको पर्यटनका मुख्य बजार भनिरहेको समयमा एकाएक चिनियाँ पर्यटक घटेपछि अहिले नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । यहाँसम्म की सन् २०२५ लाइ चीनले नेपाल भ्रमण बर्ष २०२५ नै भनेको थियो । यो वर्ष ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउने सरकारले दावी नै गरेको थियो । तर परिणाममा भने बढ्नुको साट्टा घटेर दोस्रोबाट चौथो नम्बरमा झरेको छ ।
कुन वर्ष कति आए चीनीयाँ पर्यटक


चीनबाट पर्यटक आउन कम हुनुको मुख्य कारण फ्लाईटको संख्यामा आएको कमी रहेको पर्यटन व्यवसायी बताउछन् । कोभिड अघि चीनबाट सातामा ५६ वटा उडान हुन्थे भने अहिले घटेर ३१ वटामा सिमित छ । त्यसमाथि भाडा बढेर दोब्बर भएको छ । कोभिड अघि ७०÷८० हजार पर्ने टिकको मुल्य अहिले बढेर १ लाख ३० हजारसम्म पुगेको पर्यटन व्यवसायी किशोरराज पाण्डे बताउ छन् । पाण्डेले भने ‘बढेको पैसाले नेपालमा ७ दिनको प्याकेज खरिद गर्न सकिन्छ । नेपाल एयरलायन्सले सस्तोमा पर्यटक ल्याउनसके चिनीयाँ पर्यटकको संख्या बढ्न सक्छ । त्यस तर्फ राज्यको ध्यान छैन् । कोभिड अगाडी मेरोमा गोन्जोओबाट महिनामा ८÷९ वटा समुह आउनेमा अहिले मुस्किलले ३÷४ वटा समुह मात्रै आउछन् ।’

नेपाल–चीन साप्ताहिक उडान संख्या

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी चिनियाँ पर्यटक कम हुनुमा मुख्य चारवटा कारण रहेको बताउछन् । जसमा पहिलो कारण रहेको छ कोभिड पछि चिनियाँ पर्यकको विदेश भ्रमणमा आएको कमी, दोस्रो हो चीनबाट हुने उडानमा आएको कमी र भाडारदरमा भएको बृद्धि, तेस्रो प्रचारप्रसारको अभाव र चौथोमा राजनीतिक अस्थिरता रहेको बताएका छन् । साथै चीनले मनाएको नेपाल भ्रमणबर्षको पर्याप्त कार्यक्रम समेत हुन नसकेको जोशीको भनाइ छ । जोशीले आगामी फेब्रुअरीबाट चीनीयाँ पर्यटक बढ्ने अपेक्षा समेत गरेका छन् ।


त्यस्तै नेपाल पर्यटन बोर्ड पोखरा कार्यलयका प्रमुख मणिराज लामिछाने चीनबाट आउने पर्यटक नुहँदा पोखरा छेन्दुङ फ्लाइट चल्न नसकेको बताउन छन् । उनले भने ‘यताबाट जाने भन्दा उताबाट आउनेको संख्या कम भएपछि उडान बन्द भएको हो, यसो हुनुमा कोभिडपछि चिनियाँ पर्यकहरुको खरिद सक्षमता घटेको हुनसक्छ ।’

२० कार्तिक २०८२, बुधबार ०८:१३ 69