/*php the_title();*/?>

काठमाडौं : नेपाल राष्ट्र बैंकले डेविट कार्डको प्रयोग गरी एटीएमबाट पैसा निकाल्ने सीमा घटाएको छ ।
राष्ट्र बैंकले भुक्तानी सम्बन्धी एकीकृत निर्देशन २०८१ लाई संशोधन गर्दै डेविट कार्डको प्रयोग गरी एटिएमबाट निकाल्ने पैसाको सीमा एक पटकमा २० हजार र दिनमा ५० बजारमात्रै निकाल्न पाउने छन् । यस अघि यस्तो सिमा दैनिक एक पटकमा २५ हजार र दैनिक एक लाख थियो ।

त्यस्तै मासिक ३ लाखसम्म निकाल्न पाउने व्यवस्थालाई पनि घटाएर दुई लाखमा सीमित गरेको छ । तर प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा भने यथावत् राखेको छ ।
प्रिपेड कार्डमा अहिले दैनिक २० हजार र क्रेडिट कार्डमा स्वीकृत सिमाको १० प्रतिशत रहेको व्यवस्था यथावत् छ।
२५ आश्विन २०८२, शनिबार ०७:५३ 33