/*php the_title();*/?>

पछिल्लो समय नेपालमा होटल तथा रेस्टुरेन्टहरुको संख्या बढ्दै गएपछि नेपाल टेक मार्केटले मविल नामक नयाँ सफ्टवयर ल्याएको छ । थ्री जेनज ग्रुप अफ स्टार्टअपले नेपाल टेक मार्केटको मार्गदर्शनमा विकास गरेको यो सफ्टवेयरले होटेल तथा रेस्टुरेन्टको सबैकाम एउटै सफ्टवयरबाट गर्न सकिने भएको छ ।
होटल तथा रेस्टुरेन्टको संख्या बढ्दै गएपनि कतिपय ठाउँमा अझैपनि होटेले लेखेका विल चलिरहेका छन् भने अकाउन्ट व्यवस्थापनको लागि छुट्टै कर्मचारी राख्नु परेको छ । यसै समस्यालाई मध्यनजर गर्दै मविल ल्याइएको हो ।
विहीबार सफ्टवयर सार्वजनिक गर्दै कम्पनीले आतिथ्य व्यवसायलाई सञ्चालन गर्ने तरिकामा क्रान्ति ल्याउने उद्देश्य सहित यो सफ्टवयर ल्याएको जनाएको छ । प्रयोगकर्ता–मैत्री इन्टरफेस र शक्तिशाली विशेषतासहित यो सफ्टवेयर स्थापित रेष्टुरेण्ट देखि नयाँ उद्यमीहरूसम्मका लागि प्रविधिलाई सजिलो र किफायती बनाउँने विश्वास गरिएको छ ।
मविल केवल बिलिङ होइन, पूर्ण रेष्टुरेन्ट व्यवस्थापन समाधान
मविल केवल बिलिङ सफ्टवेयर मात्र नभइ रेष्टुरेण्ट व्यवस्थापन समाधान हो । जसले सञ्चालनलाई सजिलो र कार्यक्षमता बढाउने काम गर्छ । यसको प्रमुख सुविधाहरू नेपाली होटेल तथा रेस्टुरेन्टहरुले भोग्ने समस्या र आवश्यकतालाई लक्षित गरेर तयार गरिएका छ । यसमा बिलिङ सुविधारलाई छिटो र छरितो बनाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि मद्दत गर्ने छ ।
त्यस्तै खाना अर्डर गर्न सजिलोको लागि टेबलमै अर्डर इनपुट र छिटो सेवा लिन सकिने छ । यसले मोबाइल एपमार्फत अर्डर लिनु र व्यवस्थापन गर्नु सहज हुने छ । वेटरले टेबलमै अर्डर इनपुट गर्दा किचनमा तुरुन्तै पठाइन्छ जसले सेवा छिटो र सही बनाउँछ ।
https://nepaltechmarket.com/home
अकाउन्ट र भौचर व्यवस्थापन
यस प्रणालीले प्रयोगकर्तालाई लेजरहरू अभिलेख गराई, भौचर प्रविष्ट गर्ने सुविधा प्रदान गरिएको छ । जसले रेस्टुरेन्टको सम्पूर्ण आय र खर्च ट्र्याक गर्छ । ट्रायल ब्यालेन्स, आय विवरण लेखा प्रतिवेदनहरू स्वचालित रूपमा तयार गर्छ ।
१० आश्विन २०८२, शुक्रबार ०७:५३ 74