मुग्लिन–पोखरा सडक आयोजनाको ३२ किलोमिटर सडक कालो पत्रे

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर कालोपत्र गरिएको छ। जस अन्तर्गत चार लेनको १२ किमि र दुई लेनको आठ किलोमिटर सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ।


कालोपत्रेको मोटाई कूल दश सेन्टिमिटर हुने भएपनि पहिलो चरण अन्तर्गत ६ सेन्टिमिटर मात्रै कालोपत्रे गरिएको छ । अहिले व्यास–१ को तालघरे र बन्दीपुर–१ स्थित डुम्रे आसपास क्षेत्रमा कालोपत्र कार्यका लागि बेस बिच्छाउने काम भइरहेको छ।

४१ दशमलव सात किलोमिटर दूरी रहेको पूर्वी खण्डमा अहिले सम्म ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको आयोजनाले जनाएको छ । यो खण्डको निमार्ण चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले गरिरहेको छ । यो खण्डको खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

यो खण्ड २०८१ बैशाखसम्म सक्नु पर्ने छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए। त्यसैगरी, पश्चिम सडकखण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किलोमिटर दूरी कालोपत्र गरिएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा र शुक्लागण्डकी–२ हलेदी खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको हो। उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ। यो खण्डको निमार्ण चीनको यनहुई काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ। पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो।

२०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको मुग्लिन–पोखरा सडक आयोजनाले जनाएको छ ।

२० फाल्गुन २०८०, आईतवार ०१:०६ 25