रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन

काठमाडौं-रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ। संसदको सचिवालयले सूचना निकाल्दै लामिछानेको पद निलम्बन भएको जनाएको हो।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदेश्य बनेका लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्वन्धी मुद्दा पुरक अभियोगपत्र दर्ता भएकाले सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार सरकारी वकिल कार्यालयले पत्र पठाएकाले सांसद पद निलम्बन गरेको संसद सचिवालयले जनाएको छ।

सहकारी ठगीमा प्रहरीले लामिछानेलाई हिरासतमा राखेर विगत २ महिनादेखि अनुसन्धान गरिरहेको थियो। पुस ७ गते कास्की जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोजन दर्ता भएसँगै लामिछाने बिरुद्ध छेकथुन बहस सुरु भएको छ।

विभिन्न ४ जिल्लाका सहकारी ठगी गरेको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आरोप रबिमाथि छ। रबिको सांसद पद निलम्बन भएसँगै डीपी अर्याललाई पार्टी कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। जेष्ठताका आधारमा आइतबार डा.स्वर्णीम वाग्लेलाई पार्टीको कार्यवाहक सभापति तोकिएको थियो तर, आज वसेको पार्टी बैंठ्कले अर्याललाई कार्यवाहकको जम्मेवारी दिएको हो।

८ पुष २०८१, सोमबार १५:१४ 47