रेमिट्यान्स अप्रवाह ३० प्रतिशतले बढ्यो, वैदेशिक मुद्राको सञ्चिती २८ खर्ब माथि

चालु आर्थिक वर्षको पहिलो महिना साउन मै मेरिट्यान आप्रवाह २९.९ प्रतिशतले बढेको छ । साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो वर्षको यो अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।
नेपाल राष्ट्र बैंकले सावर्जनिक गरको देशको वर्तमान आर्थिक तथा वित्तिय रिपोर्ट अनुसार वैदेशिक मुद्राको सञ्चिती २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ ।
गत असारमा विदेशी मुद्राको सञ्चिती २६ खर्ब ७७ अर्ब ६८ करोड रहेकोमा एक महिनामै ४.८ प्रतिशतले बढेर २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ ।
अमेरिकी डलरमा वैदेशिक मुद्राको सञ्चिती २०८२ असारमा १९ अर्ब ५० करोड रहेको साउन मसान्तमा २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड डलर पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । जुन गत वर्षको यस अवधिमा ४.०९ प्रतिशत थियो ।
समिक्षा अवधिमा खाद्य तथा पेयर पदार्थको मुल्य बृद्धि माइनस २.२८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्ता वस्तुको मुल्य बृद्धि ६.१७ प्रतिशत थियो ।
समिक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोडको बचतमा छ । अधिल्लो वर्षको यस अवघिमा चालु खाता बचल ३३ अर्ब ८ करोडले बचलमा थियो

३१ भाद्र २०८२, मंगलवार ०८:०९ 16