वीपी राजमार्ग राती बन्द

काठमाडौं । मोन्था नामक चक्रपातका कारण बाढी आउने भएपछि सरकारले रात्रीकालिन सयमा वीपी राजमार्ग भन्दै गर्ने भएको छ ।
राजमार्गको काभ्रे र सिन्धुली खण्डमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । काभ्रे र सिन्धिली जिल्ला प्रशासन कार्यालयहरूले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै राजमार्ग गरेको नकारी गराएका हुन्।

काभ्रेपलाञ्चोक प्रशासनले जारी गरेको सूचना अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म वीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ । प्रशासनले रोशी खोला र अन्य स्थानीय खहरे खोलाहरूमा बाढी आएको अवस्थामा रात्रिकालीन समयबाहेक अन्य समयमा पनि जुनसुकै स्थानमा स्थानीय र ट्राफिक प्रहरीले सवारी साधन रोक्न सक्ने जनाएको छ।

यसैगरी, सिन्धुली प्रशासनले पनि कात्तिक १३ र १४ गते (दुई दिन) साँझ ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि वीपी राजमार्ग अन्तर्गत खुर्कोट बजारदेखि काठमाडौंतर्फ सवारीसाधन आवागमनमा निषेध गरेको छ। प्रशासनले वर्षाको कारण सडकमा जोखिम बढेकाले यात्रुहरूको सुरक्षाका लागि यो निर्णय गरिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको विज्ञप्तिमा दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षाकर्मीले जुनसुकै बेला सवारी साधन चलाउन रोक लगाउन सक्नेछन् भनी स्पष्ट पारिएको छ। नदीहरूमा बाढीको बहाव बढ्दा पहिरो खस्ने तथा सडक कटानको जोखिम हुन सक्ने भन्दै स्थानीय प्रशासनले यस राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा चालकहरूलाई अत्यन्तै सतर्कता अपनाउन र प्रशासनको आग्रहलाई पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

१४ कार्तिक २०८२, बिहीबार १८:५५ 96