सुरु भयो नेपालको आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म, च्याट गर्ने देखि व्यवसाय विस्तर गर्ने समेत उपयोगी

काठमाडौं । नेपालको पहिलो एआइ प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपाली आइटी विज्ञ युवाहरुले लगानी र ज्ञानको उपयोग गर्दै उक्त सामाजिक सञ्जाल प्लेटफर्म बजारमा ल्याएको हो ।

नेपालमै विकास गरिएको यो सामाजिक सञ्जाल प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यवसायीक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने विश्वास गरिएको छ ।

एप्पमा सम्पर्क व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ। एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गर्ने डेभलपर्लको विश्वास छ ।

नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको डेभलपर्लले बताएका छन् ।

छरिएका जानकारीको सट्टा, ग्लोबल डायरीको प्रयोगकर्ताले आफ्नो परिचय, व्यवसाय पृष्ठ, र व्यावसायिक विवरणहरू सहजै व्यवस्थापन गर्न सक्ने छन् ।

प्रयोगकर्ताको सशक्तिकरण–व्यक्तिहरूले आफ्नो सीप, उपलब्धिहरूको संकलन, उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन, जसले नेटवर्क विस्तार, रोजगारी, र स्वतन्त्र पेशागत अवसरहरू बढाउँछ ।

डेटा सुरक्षा र स्थानीय सान्दर्भिकता–देशमै विकास गरिएको डिजिटल मंचका रूपमा, यसले नेपालमा आधारित आवश्यकता, मापदण्ड, र राष्ट्रिय स्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने डेभलपर्सले दावी गरेका छन् ।

१० आश्विन २०८२, शुक्रबार ०७:१५ 315