१२ सय जनाले लिए हिमाल आरोहण अनुमति, २२ करोड राजस्व संकलन

यो सिजनको हिमाल आरोहण अनुमतिबाट सरकारले २२ करोड ९१ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन गरेको छ ।


पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार । अहिलेसम्म १४६ टोलिका १२ सय ३ जनाले ५१ वटा हिमाल आरोहणका लागि लिएको अनुमतिबाट उक्त रकम संकलन भएको हो ।


यो सिजनमा ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण अनुमतिबाट सबै भन्दाबढी १५ करोड ७६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । अहिलेसम्म मनास्लु आरोहणको लागि ३७४ जनाले अनुमति लिएका छन् । त्यस्तै ६,८९४ मिटर अग्लो आमादब्लम हिमालबाट ३ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ । आमादब्लम रोहरणको लागि अहिलेसम्म २७५ जनाले अनुमति लिएका छन् ।


यो सिजनमा हिमाल आरोहण अनुमति लिनेमा सबै भन्दाबढी चिनीयाँ १०३ जना रहेका छन् । त्यस्तै जर्मनीमा १०० र बेलायती ९२ जना रहेका छन् ।

३० आश्विन २०८२, बिहीबार ०७:५७ 22