/*php the_title();*/?>
काठमाडौं-मन्दाकिनी हाइड्रोपावर कम्पनीको मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाबाट पारित १ बराबर १.२५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सो सम्बन्धमा मिति २०८१ साल पौष ८ गते सोमबारका दिन निष्कासन कम्पनीको कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्दाकिनी हाइड्रोपावर लि.को तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
साधारणसभा पश्चात् अधिकृत पुँजी २ अर्ब रुपैयाँ तथा जारी पुँजी ६४ करोड ६७ लाख (५ प्रतिशत बोनश शेयर पश्चात्) पुगेको यस कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, नक्साल, काठमाण्डौंमा रहेको छ।
यस कम्पनीद्वारा प्रबद्र्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसीरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
हकप्रद शेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ।
११ पुष २०८१, बिहीबार १४:४९ 129